आइपिएल आज पुणे सुपर जाइन्टन र मुम्बइ इन्डियन्स बीच खेल

इन्डियन प्रिमियर लिगमा आज पुणे सुपर जाइन्टन र मुम्बइ इन्डियन्स बीच खेल हुनेछ । हिजो भएको उद्घाटन खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङलोरलाइ ३५ रनले पराजित गरेको छ ।

घरेलु मैदानमा टस जितेर ब्याटिङ गरेको साविक विजेता हैदराबादल निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुइ सय सात बनाएको थियो । हैदराबादको पारीमा युवराज सिंहले बिस्फोटक ब्याटिङ गर्दै २७ बलमा ६२ रन बनाए । उनले तीन छक्का र सात चौका हिर्काएका थिए । युवराजले २३ बलमा अर्ध शतक पुरा गरेका थिए । आइपिएलमा उनको यो सवैभन्दा तीव्र अर्धशतक हो ।

हैदराबादका लागि शिखर धवन र मोयस हेरिक्सले दोस्रो विकेटका लागि ७४ रनको साझेोदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । हेरिक्स ५२ रनमा चाहलको बलमा आउट भएपछि क्रिजमा आएका युवराजले शानदार प्रदर्शन गरेका थिए । उनलाइ टाइमल मिल्सले बोल्ड गरेका थिए । धवनले ४२ रनको योगदान दिए । दुइ सय आठ रनको लक्ष्य पछ्याएको बैङलोर १९ ओभर चार बलमा अल आउट हुदै एक सय ७२ रनमा समेटियो ।

बैङलोरको पारीमा क्रिस गेलले ३२ र केदार जादबले अविजीत ३१ रन बनाएपनि जीतका लागि पर्याप्त भएन् । हैदराबादका आशिष नेहरा, भुवनेशवर कुमार र रासिद खानले दुइ दुइ विकेट लिए । अफगानिस्तनका युवा खेलाडी रासिदको आइपिएलमा यो डेब्यु खेल हो ।

Comments:

comments

Latest News