इन्डियन प्रिमियर लिगमा आज पनि दुई खेल, बैङलोरले दिल्ली डयरडेभिल्सलाई १५ रनले पराजित

इन्डियन प्रिमियर लिगमा आज पनि दुई खेल हुदैछन । पहिलो खेल सनराइजर्स हैदरावाद र गुजरात लायन्स तथा अर्को खेलमा मुम्बइ इन्डियन्स र कोलकाता नाइराइडर्स विच प्रतिस्पर्धा हुनेछ ।

गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बैङलोरले दिल्ली डयरडेभिल्सलाई १५ रनले पराजित गरयो । पहिलो खेलमा पराजित भएको बैङलोरले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा आठ विकेटको क्षतीमा एक सय ५८ रनको लक्ष्य दिएको थियो । उसका लागि केदार जादवले ६९ तथा सेन वाटसरले २४ रन बनाए ।

जवाफमा दिल्ली २० ओभरमा नौ विकेट गुमाउदा एक सय ५२ रनमा रोकियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा रिसव पन्तले ५७ तथा साम विलिङसले २५ रन बनाए । बाकि खेलाडी खासै जम्न सकेनन ।

Comments:

comments

Latest News