इन्डियन प्रिमियर लिग, बैंग्लोर र हैदरावाद बिचको खेल वर्षाका कारण रद्द, बैंग्लोरलाई घाटा

इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावाद बिचको खेल वर्षाका कारण टस नै नभइ रद्द भएको छ । खेल रद्द हुदा बैंग्लोरलाई भने घाटा लागेको छ ।

घरेलु मैदानमा हुने भनिएको खेलमा निरन्तर बर्षा भएपछि टस सम्भव हुन सकेन । जसका कारण बैङलोरलाई ठुलो घाटा लागेको छ । हैदरावादसंग अंक बाढेपछि बैङलोरलाई प्लेअफमा पुग्ने सम्भावनामा ठुलो धक्का लागेको छ । अहिलेसम्म दुई खेल मात्र जितेको बैंग्लोर हैदरावादसगको खेल रद्द भएपछि ८ खेलबाट पाच अंकसहित छैटौं स्थानमा छ । ८ खेलबाट ९ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा छ ।

लिगमा अब विराट कोहली कप्तान रहेको बैंग्लोरले ६ खेल खेल्न बाकी छ । बाकी सबै खेल जितेमा उसको १७ अंक हुनेछ । आइपिएलको इतिहासमा १६ अंक भन्दा कम भएर पनि चार टिम मात्रै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । हैदरावादसगको खेलमा जित निकालेको भए बैंग्लोरको अन्तिम चारमा पुग्दै प्लेअफमा जाने सम्भावना सहज हुने थियो । तर अब बैङलोरलाई सबै खेल जितेर पनि अरु टिमको प्रदर्शनमा भर पर्नु पर्ने भएको छ ।

Comments:

comments

Latest News

This Day In History

No Events