इन्डियन प्रिमियर लिग, कोलकाता विजयी, कोलकाता लिगको शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सले किङस इलावेन पञ्जावलाई ८ विकेटले हराएको छ । जितसंगै कोलकाता लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

कोलकाता स्थित इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ७० रन बनायो । उसका लागि मनन बोहरा र डेविड मिलरले समान २८–२८ रन बनाए । यस्तै हसिम अमला, ग्लेन म्याक्सवेल र रिद्धमान शाहले समान २५–२५ रन बनाए । बलिङ तर्फ कोलकाताका लागि उमेश यादवले चार विकेट लिए ।

जवाफमा कोलकाताले १६ ओभर तीन बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका जितमा कप्तान गौतम गम्भिरले अविजीत ७२ तथा सुनिल नारेनले ३७ रन बनाए । यस्तै रविन उथप्पाले २६ र मनिश पाण्डेले २५ रनको योगदान गरे । जारी प्रतियोगितामा पञ्जावको पहिलो हार हो भने कोलकाताको दोस्रो जित हो ।

Comments:

comments

Latest News

This Day In History

No Events