इन्डियन प्रिमियर लिग , मुम्बइद्धारा सन राइजर्स हैदरावाद चार विकेटले पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा मुम्बइ इन्डियन्स विजयी भएको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा मुम्बइले सन राइजर्स हैदरावादलाई चार विकेटले पराजित गरयो ।

मुम्बइ स्थित वाङखडे स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ५८ रन बनायो । अघिल्ला दुई खेलसम्म अपराजित रहेको हैदरावदका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कप्तान डेविड वार्नरले ५९ र शिखर धवनले ४८ रन बनाए । यस्तै बेन कटिङले २० रन थपे । बलिङ तर्फ जसप्रित बुम्राहले तीन तथा हरभजन सिंहले दुई विकेट लिए ।

जवाफमा मुम्बइले १८ ओभर चार बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । मुम्बइको जितमा नितिश रानाले ४५ तथा पार्थिभ पटेलले ३९ र क्रुनाल पाण्डेले ३७ रन बनाए । प्रतियोगितामा आज कोलकाता नाइटराइडर्स र किङस इलावेन पञ्जाव विच खेल हुनेछ ।

Comments:

comments

Latest News