किङस इलावेन पञ्जावको लगातार दोस्रो जित, बैङलोरलाई ८ विकेट पराजित

इन्डियन प्रिमियर लिगमा किङस इलावेन पञ्जावले लगातार दोस्रो जित निकोलेको छ । गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बैङलोरलाई ८ विकेटले हराउदै पञ्जावले प्रतियोगितमा दरिलो रुपमा प्रस्तुत भएको छ ।

इन्दोरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैङलोरले २० ओभरमा चार विकेट गुमाउदै एक सय ४८ रन बनाएको थियो । उसका लागि यो सिजनमा पहिलो खेल खेलका एबी डिभिलियर्सले ८९ रन बनाए भने मन्दिप सिंहले २८ र स्टुवार्ट विनीले १८ रन जोडे । बलिङ तर्फ पञ्जावका बरुन अरोराले दुई विकेट लिए ।

जवाफमा पञ्जावले १४ ओभर तीन बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका जितेमा हसिम अमलाले ५८ तथा कप्तान ग्लेन म्याक्सवेलले ४३ रन बनाए । यस्तै मनन बोहराले ३४ रन थपे ।

Comments:

comments

Latest News