टेष्ट कप्तान मिस्वा उल हकले सन्यास लिने घोषणा

पाकिस्तानी टेष्ट क्रिकेट टिमका कप्तान मिस्वा उल हकले वेष्ट इन्डिज विरुद्धको तीन खेलको श्रृखला पछि अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिने घोषणा गरेका छन ।

पाकिस्तानको लाहोरमा एक कार्यक्रम विच यो महिनाको अन्तिमबाट सुरु हुने वेष्ट इन्डिज विरुद्धको टेष्ट श्रृखला नै अन्तिम हुने घोषणा गरेका छन । सन् २०१५ को विश्वकप पछि एकदिवसिय फरम्याटबाट सन्यास लिएका मिस्वाले अब पुर्ण रुपमा खेलाडी जीवन त्याग्ने बताए । अर्को महिना ४३ बर्ष लाग्ने मिस्वालाई अन्तिम पटक टेष्टको कप्तानी पाकिस्तान क्रिकेट बोर्डले दिएको छ ।

मिस्वाको कप्तानीमा पाकिस्तानले टेष्ट क्रिकेटमा खेलका ५३ खेलमा २४ मा जित निकालेको थियो । उनकै कप्तानीमा पाकिस्तानले लगातार छ वटा टेष्ट श्रृखला गुमाएको थियो । जुन उनको करियरको ठुलो आलोचनाको विषय बनेको थियो । सन् २०१० मा स्पोट फिक्सिङमा परेर सलमान बट प्रतिबन्धमा परेपछि मिस्वालाई एकैपटक कप्तानीको जिम्मेवारी दिइएको थियो । २००१ मा टेष्टमा डेब्यु गरेका मिस्वाले ७२ खेलमा चार हजार नौ सय ५१ रन बनाएका छन । यस्तै उनले एकदिवसियमा एक सय ६२ खेल खेलेका छन ।

Comments:

comments

Latest News

This Day In History

No Events