बंगलादेश विरुद्ध श्रीलंका ६ विकेटले विजयी, श्रृखलामा एक शुन्यको अग्रता

बंगलादेश विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा श्रीलंका ६ विकेटले विजयी भएको छ । जितसंगै श्रीलंकाले दुई खेलको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

कोलम्बो स्थित प्रेमदाशा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा छ विकेट गुमाउदै एक सय ५५ रन बनाएको थियो । उसका लागि मोसादेश हुसेनले ३४ तथा महमुदुल्लाहले ३१ रन बनाए । यस्तै सौउम्मे सरकारले २९ रन थपे ।

जवाफमा श्रीलंकाले १८ ओभर पाच बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । श्रीलंकाको जितमा कुसर परेराले विस्फोटक ७७ रन बनाए । उनले नौ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै कप्तान उपल थरङगाले २४ तथा सिकुजी प्रशानाले २२ रन बनाए । यी दुई विचको दोस्रो खेल भोली हुनेछ ।

Comments:

comments

Latest News