श्रीलंका विरुद्ध बंगलादेश ४५ रनले विजयी, श्रृखलामा एक एकको बराबरी

श्रीलंका विरुद्धको दोस्रो ट्वान्टी ट्वान्टी खेलमा बंगलादेश ४५ रनले विजयी भएको छ । जितसंगै बंगलादेशले दुई खेलको श्रृखलामा एक एकको बराबरी गरेको हो ।

कोलम्बो स्थित प्रेमदाशा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ७६ रन बनायो । बंगलादेशका लागि इमरुल कायसले ३६ तथा सोउम्मे सरकारले ३४ रन बनाए । साथै सकिब अल हसनले ३८ रनको योगदान गरे । बलिङ तर्फ श्रीलंकाका लसित मालिङगाले तीन विकेट लिए ।

जवाफमा श्रीलंका १८ ओभरमा एक सय ३१ रनमा अलआउट भयो । चार रनमा पहिलो विकेट गुमाएको श्रीलंकाले ४० रन हुदा पाच विकेट खेर फालेको थियो । उसका लागि चामाराले ५० तथा थिसारा परेराले २७ रन बनाउनु बाहेक बाकि खेलाडीले राम्रो खेल्न सकेनन । श्रीलंकालाई कम स्कोरमा रोक्न मुस्ताफिकुर रहमानले चार तथा सकिव अल हसनले तीन विकेट लिए ।

Comments:

comments

Latest News