युनिर्भसिटी क्रिकेट कप सुरु, ग्लोबल कलेज र त्रिभुवन विश्वविध्यालय विजयी

राजधानीमा आज देखि सुरु भएको युनिर्भसिटी क्रिकेट कपको पहिलो दिन ग्लोबल कलेज र त्रिभुवन विश्वविधयालय विजयी भएका छन ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा ग्लोबलले नेपाल इन्जिनियरीङ क्याम्पसको ए टिमलाई १० विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको इन्जिनियरीङ १४ ओभर चार बलमा मात्र ६१ रनमा अलआउट भयो । उसका लागि सुरज श्रेष्ठले २२ रन बनाउनु बाहेक बाकि खेलाडीले दोहोरो अंक छुन सकेनन । इन्जिनियरीङलाई कम स्कोरमा रोक्न रोम खडकाले पाच तथा विक्रम गुरुङले तीन विकेट लिए ।

जवाफमा ग्लोबलले पाच ओभर चार बलमा विना विकेट गुमाउदै लक्ष्य पुरा गरयो । ग्लोबलका लागि दिपेश चन्दले अविजीत ५२ रन बनाए । उनले २९ बलमा नौ चौका र एक छक्का प्रहार गरे ।

अर्को खेलमा त्रिभुवन विश्वविध्यालयले इन्जिनियरीङको बी टिमलाई नौ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको इन्जिनियरीङ बी १६ ओभर तीन बलमा ६८ रनमा अलआउट भयो । उसका लागि प्रन्सु जोशीले १४ तथा दिपेश दाशले ११ रन बनाउदा २० अतिरीक्त रन पाएको थियो ।

जवाफमा त्रिभुवन विश्वविध्यालयले सात ओभर दुई बलमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरयो । त्रिभुवन युनिभर्सिटीका लागि राकेश कर्णले ३५ तथा आचल चौधरीले २२ रन बनाए । राकेशले १४ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । चैत्र २९ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । जसको विजेताले एक लाख रुपैया पाउनेछ ।

Comments:

comments

Latest News