युनिभर्सिटी कप क्रिकेट, नेपाल कमर्स क्याम्पसलाइ उपाधि

राजधानीमा सम्पन्न युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल कमर्स क्याम्पसले जितेको छ । फाइनलमा शंकरदेव क्याम्पसलाई ६ विकेटले हराउदै कमर्स क्यँम्पसले उपाधि जितेको हो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको शंकरदेवले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ३१ रन बनायो । उसका लागि सिद्धान्त कटुवालले ३६ तथा आयुस्मान बम र अरुण ऐरीले समान २४–२४ रन बनाए । जवाफमा नेपाल कमर्स क्याम्पसले १८ ओभर एक बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरायो । कमर्स क्याम्पसको जितमा धिरज अधिकारीले ३८ तथा अविनाश अधिकारीले ३५ रन बनाए ।

यस्तै हिमान्सु दत्त र पवन श्रेष्ठले समान १८–१८ रन बनाए । प्रतियोगितामा उत्कृष्ट बलर एनसीसीका नविन थापा बने भने उत्कृष्ट ब्याट्सम्यान शंकरदेवका आयुस्मान बम बने । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी शंकरदेवका आशिष पोखरेल ठहरीए । बेष्ट फिल्डर एनसीसीका पवन श्रेष्ठ बन्दा इमर्जिङ खेलाडी त्रिवीका अफ्जाल मन्सुरी रहे ।

Comments:

comments

Latest News