पाकिस्तान विरुद्ध वेष्ट इन्डिज चार विकेटले विजयी, श्रृखलामा एक शुन्यको अग्रता

पाकिस्तान विरुद्धको पहिलो एक दिवसिय खेलमा वेष्ट इन्डिज चार विकेटले विजयी भएको छ । जितसंगै वेष्ट इन्डिजले तीन खेलको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

गुयनामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा पाच विकेट गुमाउदै तीन सय आठ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले ८८ तथा सोयब मलिकले ५३ रन बनाए । यस्तै अहमेद सहजादले ६७ र कमरान अकमलले ४७ रन थपे । बलिङ तर्फ वेष्ट इन्डिजलका लागि एस्ले नर्सले चार विकेट लिए ।

जवाफमा वेष्ट इन्डिजले ४९ ओभरमा छ विकेट गुमाउदै लक्ष्य पुरा गरयो । वेष्ट इन्डिजका लागि जेसन मोहम्मदले अविजीत ९१ तथा कायरन पावेलले ६१ रन बनाए । यस्तै इभिन लुइसले ४७ रन थपे ।

Comments:

comments

Latest News

This Day In History

No Events