अत्तरीया महिला क्रिकेट लिग भोली देखि सुरु, सशस्त्र र मिलन क्रिकेट एकेडेमी विच प्रतिस्पर्धा

नेपालमा पहिलो पटक हुन लागेको अत्तरीया महिला क्रिकेट लिग भोली देखि सुरु हुदैछ । प्रतियोगिताको उदघाटन खेलमा सशस्त्र प्रहरी र मिलन क्रिकेट एकेडेमी विच प्रतिस्पर्धा हुनेछ ।

अत्तरीया स्थित सशस्त्र प्रहरीको मैदानमा हुने खेलका लागि सम्पुर्ण तयारी पुरा भएको छ । सहभागि ६ टिमलाई दुई समुहमा विभाजन गरेर प्रतियोगिता खेलाउन लागिएको हो । जसमा दुई समुहका शिर्षदुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । सशस्त्र र मिलन बाहेक प्रतियोगितामा राइजिङ क्रिकेट, कैलाली जिल्ला क्रिकेट संघ, कञ्चनपुर ११, बारा क्रिकेट टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैया पाउनेछन । महिला क्रिकेटमा यो अहिलेसम्म कै ठुलो पुरस्कार राशि हो । यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले पनि नगद पुरस्कार पाउनेछन ।

Comments:

comments

Latest News