दृष्टीविहिन भएपनि क्रिकेटबाट जीवन जिउन खोज्दै खेलाडी

विश्वमा महिला दृष्टिविहिन क्रिकेट टिम बनाउने देश कुन हो भन्दा नेपालका नाम पहिले आउछ । विश्वमा नै पहिलो पटक दृष्टिविहिन महिला क्रिकेट टिम बनाएपनि यसलाई सञ्चालन गर्न निकै कठिनाइ ब्यहोरेको छ । चाहे त्यो आर्थिक रुपमा होस या प्रतियोगिता आयोजनाका हिसावले । तर पनि सिमित बजेटका बाबजुत दृष्टीविहिन क्रिकेट संघले महिलाको प्रतियोगिता गरिरहेको छ । चुनौतीका बाबजुत संघले गर्दै आएको राष्ट्रिय प्रतियोगिताले दृष्टीविहिन महिला खेलाडीलाई सम्मानका साथ जीवन यापन गर्न सिकाएको छ ।

किर्तिपुर स्थित टियु मैदानमा सधै हुने प्रतियोगिता भन्दा निकै फरक प्रतियोगिता आयोजना भयो । त्यो थियो दृष्टी विहिन महिला क्रिकेट । प्रतियोगिता आयोजना भएको आठौ सस्करण भएपनि यो प्रतियोगितालाई धरैले चासोको रुपमा लिएका थिएनन । यहि प्रतियोगिताबाट पुर्व मेची देखि पश्चिम महाकालीसम्मका क्षमतावान दृष्टी विहिन महिला क्रिकेट खेलाडीलाई एकजुट गराएको छ । यिनै खेलाडीमा हुन मुरादा राना ।

१९ वर्ष अघि कैलालीमा जन्मिएकी मुरादाले पहिलो पटक दृष्टिविहन महिला क्रिकेटमा सहभागिता जनाएकी हुन् । उनी जस्तै अन्य ३६ जना खेलाडीले आठौं संस्करणको दृष्टिविहिन महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका थिए । क्रिकेट खेल्न सुरु गरेपछि उनीहरुलाई संसारमा असंभव भन्ने केही छैन भन्ने आत्मविश्वास बढाएको छ । त्यसैले पनि प्रतियोगितामा सहभागि मुरादा यो प्रतियोगिताले आफुमा आत्मविश्वास बढाएको र समाजमा आखा नदेख्ने भनेर अपहेलना हुनबाट पनि बञ्चित भएको बताइन ।

सन २००९ देखी नेपालमा औपचारिक रुपमा दृष्टिविहिन महिला क्रिकेटको सुरुवात भएको हो । त्यसअघि महिला खेलाडीले पुरुष टिम संग मिसिएर खेल्दै आएका थिए । नेपालको सिको गर्दै वेलायत र हाल अन्य देशले पनि महिला टिम बनाएका छन । आठ जिल्लामा दृष्टिविहिन महिला क्रिकेटको टिम छ भने कुल दुई सय खेलाडी छन । आर्थिक अभाव र समाजको परम्परागत सोचका कारण यो खेलले सोचेको जस्तो विकाश भने हुन सकेको छैन ।

सरकारले वार्षिक रुपमा संघलाइ ६ लाख उपलब्ध गराउदै आएको छ । जुन महिला र पुरुष दुवैका लागि हो । यो प्रतियोगिता पनि अस्ट्रेलियन दुतावासको सहयोगमा आयोजना भएको हो । दृष्टीविहिनका लागि पनि प्रेरणाका स्रोत बनिरहेका यी खेलाडीको उचित संरक्षण गर्नु सरकारको कर्तब्य र दायित्व दुबै हो ।

Comments:

comments

Latest News