ज्ञानेन्द्र मल्ललाई सिप्रदी ट्रेडर्सले कार उपलब्ध गराउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई सिप्रदी ट्रेडर्सले कार उपलब्ध गराउने भएको छ ।

टाटा मोटर्सको नेपालको आधिकारीक विक्रेता सिप्रदीले ज्ञानेन्द्रलाई टाटाको जेष्ठ कार दिने भएको हो । नेपाली क्रिकेटमा पुरयाएको योगदानको कदर गर्दै सिप्रदीले ज्ञानेन्द्रलाई करीव २५ लाख रुपैया नेपाली मुल्य रहेको जेष्ठ कार उपलब्ध गराउने प्रक्रिया अगाडी बढाएको छ । सिप्रदीका एजीएम अर्जुन कार्की र टाटा मोटर्सका रिजनल कन्ट्रि म्यानेजर हेमन्त पुरानीकले संयुक्त रुपमा ज्ञानेन्द्रलाई डेमोका रुपमा कारको चावी हस्तान्तरण गरेपनि कार भने ज्ञानेन्द्रले पाउने केहि समय लाग्नेछ ।

दुबै पक्षविच सम्झौता पत्रमा हस्ताक्षर भने हुन बाकि छ । तर ज्ञानेन्द्रले कार दिने प्रक्रिया अगाडी बढाएको छ । यसका लागि सरकारी कर र अन्य प्रक्रिया पार गर्नुपर्नेछ ।

Comments:

comments

Latest News