ब्यक्तिगत स्वार्थका कारण क्यानको नया विधानको टुङगो लाग्न समस्या

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको निलम्बनमा परेको नेपाली क्रिकेट चाडै फुकुवा हुने आशामा रहेका धेरै समर्थकलाई निराशाको खवर आएको छ । किनकी आइसीसीले गठन गरेको सल्लाहकार समितीमा संघको प्रस्तावित विधानमा ब्यक्तिगत स्वार्थका कारण कस्तो हुने भन्ने टुङगो अझै लाग्न सकेको छैन ।

केहि साता अगाडी आइसीसीका पदाधिकारी नेपाल आएर सल्लाहकार समितीसंग छलफल गर्दा चाडै नेपालको निलम्बन फुकुवा हुनसक्ने सम्भावना बढेको थियो । तर, निर्वाचित क्यान र अर्को समूहबीच नया निर्वाचन नहुदासम्म कसले नेतृत्व गर्ने भन्ने विवाद देखिएको छ । सल्लाहकार समूहमा पेश भएको विधान मस्यौदामा सल्लाहकार समूहलाई तदर्थ समितिमा परिणत गर्ने प्रस्ताव गरिएको छ । यसका साथै निर्वाचित कमिटीलाई नया विधान तयार भएमा आफनो रोल कस्तो हुने हो भन्ने डरका कारण विभिन्न बाहानामा सल्लाहकार समितीलाई अवरोध गर्दै आएको बताइएको छ । सल्लाहकार समितीले पछिल्लो तीन सातामा जिल्लाका विभिन्न संघहरु संघ छलफल गरेका थिए । सो छलफलमा पनि निर्वाचित भनिएका कटिमीका पदाधिकारी आफनै तरिकाले जाने र सक्दो सफल हुन नदिने काम गरेको सल्लाहकार समितीका एक पदाधिकारीले बताएका छन ।

चतुरबहादुर चन्द समूहले निर्वाचित क्यानलाई नै तदर्थ समूह बनाउनु पर्ने अडान यसअघि नै लिएपछि दुई समिती विच मनमुटाव सुरु भएको थियो । त्यसपछि नया विधानमा निर्वाचित कमिटीलाई महत्वपुर्ण स्थान दिनुपर्ने अडान लिएका थिए । अघिल्लो साता क्रिकेट खेलाडी संघले आयोजना गरेको क्रिकेट सम्बन्धी अन्तक्रियामा क्रिकेटसंग सम्बन्धित सबै ब्यक्ति उपस्थित भएपनि निर्वाचित भनिएका पदाधिकारी भने खवर नगरेको भन्दै सहभागि भएनन । जवकी खेलाडीसंले सबैलाई जानकारी दिएको बताएको थियो ।
चन्द समुहले अहिलेको संरचनालाई खारेज गरे तदर्थ समिती बनाउनुपर्ने र सल्लाहकार समितीले बनाएको विधान निर्वाचित समुहको साधारण सभाबाट अनुमोदन गर्नुपर्ने भन्दै हिडेका छन ।

सल्लाहकार समूहमा केन्द्र, प्रदेश र जिल्ला गरी तीन तहको संरचना बनाउने सहमति भएको छ । जिल्लामा मापदण्ड बनाएर मात्र सदस्य दिनेमा पनि सहमति जुटेको छ । तर, जिल्लाको मताधिकारबारे अझै अन्योल कायमै छ भने चन्द समूहले पहिले जस्तै साधारणसभामा जिल्ला संघको प्रतिनिधि अनिवार्य हुनुपर्ने अडान लिएका छन । आईसीसीले आगामी जुनमा हुने बोर्ड बैठकअघि नै नेपालमा सहमति होस् भन्ने चाहेको छ । तर विधानका विषयमा निष्कर्षमा नपुगे नेपालको निलम्बन फुकुवाको सम्भावना अझै निकै टाढा देखिएको छ ।

Comments:

comments

Latest News

This Day In History

No Events