इन्डियन प्रिमियर लिग, दिल्लीसंगको हारले पुणेलाई प्लेअफमा पुग्न पंजावलाई हराउनुपर्ने

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा प्रतियोगिता बाट बाहिरी सकेको दिल्ली डेयर डेभिल्सले राइजिङ पुणे सुपर जाइन्टलाइ सात रनले पराजित गरेको छ ।

घरेलु मैदान फिरोज शाह कोट्लामा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै एक सय ६८ रन बनाएको थियो । तेस्रो ओभरमानै टिमको स्कोर जम्मा नौ रन हुदा दुइ विकेट गुमाएको दिल्लीको पारीलाइ करुण नायर र रिसव पन्तले सम्हालेका थिए । यी दुइले तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेपछि दिल्लीले सम्मानजनक योगफल बनाएको थियो ।

नायरले ६४ र पन्तले ३६ रनको योगदान दिए । यस्तै मार्लोन स्यामुयल्सले २७ रन बनाए । बलिङ तर्फ जयदेव उनादकद र बेन स्टोक्सले दुइ दुइ विकेट लिए । जवाफमा एक सय ६९ रनको लक्ष्य पछ्याएको पुणे पुरै ओभर खेल्दै सात विकेटको नोक्सानीमा मात्र एक सय ६१ रनमा समेटियो । अजिंक्य रहाने शुन्य र राहुल त्रिपाठी सात रनमा आउट भएपछि पुणे दवावमा आएको थियो । तर मनोज तिवारीले ६०, स्टिभन स्मिथले ३८ र स्टोक्सले ३३ रन बनाउदै पुणेलाइ जीत नजिक पुरयाएका थिए । तर सफल हुन सकेनन् । दिल्लीका जाहिर खान र मोहम्मद सामीले दुइ दुइ विकेट लिए ।

यो संगै जाहिरले आइपिएलमा एक सयौ विकेट पनि पुरा गरेका छन । हार पछि पुणेको प्ले अफ यात्रा कठिन बनेको छ । अब उसलाइ प्ले अफका लागि किंस इलोभन पंजाव संग हुने आफ्नो अन्तिम खेलमा जीत आबश्यक छ । पुणे १३ खेलबाट १६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको सनराइजर्स हैदराबादको १५ र पांचौ स्थानमा रहेको पंजावको १४ अंक छ ।

Comments:

comments

Latest News