इन्डियन प्रिमियर लिग, दिल्लीसंगको हारले हैदरावादले प्लेअफमा पुग्न अझै कुर्नुपर्ने

इन्डियन प्रिमियर लिगमा गएराति भएको खेलमा दिल्ली डियरडेभिल्सले महत्वपुर्ण जित हात पारेको छ । प्रतियोगिताको प्लेअफमा पुग्न सबै खेल जित्नुपर्ने दबावमा रहेको दिल्लीले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरयो ।

दिल्लीको फिरोजशाह कोट्ला मैदानमा टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा तीन विकेट गुमाउदै एक सय ८५ रन बनायो । उसका लागि युवराज सिंहले विस्फोटक ७० रनको पारी खेले । उनले ४१ बलमा ११ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै कप्तान डेविड वार्नरले ३० तथा शिखर धवनले २८ र केन विलियम्सनले २४ रन बनाए । दिल्लीका लागि मोहम्मद सामीले दुई विकेट लिए ।

जवाफमा एक सय ८६ रनको लक्ष्य दिल्लीले १९ ओभर एक बलमा चार विकेट गुमाउदै पुरा गरयो । नियमित कप्तान जहिर खानको सट्टा करुन नायरले कप्तानी गरेको खेलमा दिल्लीको जितमा कोरे एन्डरसनले ४१, करुन नायरले ३९ तथा रिशब पन्तले ३४ रन बनाए । यस्तै श्रेयस ऐयरले ३३ रन थपे । हारपछि हैदरावादले प्लेअफमा पुग्न अझै कुर्नुपर्ने भएको छ । ११ खेलबाट उसका १३ अंक रहेको छ । यस्तै दिल्लीको नौ खेलबाट ६ अंक छ ।

Comments:

comments

Latest News