इन्डियन प्रिमियर लिग, पंजावले मुम्बइ इन्यिन्सलाइ सात रनले पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत किङस इलाभेन पंजावले मुम्बइ इन्यिन्सलाइ सात रनले पराजित गरेको छ । जीतसंगै पंजावले प्ले अफ पुग्ने संभावनालाइ कायमै राखेको छ ।

मुम्बइको घरेलु मैदान वाङखडेमा टस हारेर ब्याटिङ गरेको पंजावले निर्धारित २० ओभरमा तीन विकेट गुमाउदै दुइ सय ३० रनको विशाल योगफल बनँएको थियो । पंजावका लागि ओपनरद्धय मार्टिन गप्टिल र रिद्धिमान शाहले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै गतिलो सुरुवात गरेका थिए । गप्टिल पांच ओभर तीन बलमा टिमको स्कोर ६८ रन हुदा पहिलो विकेटका रुपमा पवेलियन फर्किएका थिए । उनले १८ बलमा ३६ रन बनाए । रिद्धमानले भने ९३ रनको अविजीत पारी खेले । ५५ बल खेलेका उनले एघार चौका र तीन छक्का प्रहार गरे ।

यस्तै ग्लेन म्याक्सवेलले पनि आक्रमक ब्याटिङ गर्दै ४७ रनको योगदान दिए । सन मार्शले २५ र अक्सर पटेलले १९ रन बनँए । जवाफमा दुइ ३१ रनको लक्ष्य पछ्याएको मुम्बइले पनि उत्कृष्ट प्रदर्शन गरयो तर २० ओभरमा दुइ ६ विकेट खेर फाल्दै २३ रन मात्र जोड्न सक्यो । लेन्डल सिमोन्सले ५९ र किरोन पोलार्डले ५० रनको अविजीत पारी खेलेपनि जीतका लागि पर्याप्त भएन् । पार्थिव पटेलले ३८ र हार्दिक पान्डेले ३० रन जोड्दै टिमको आश जगाएका थिए ।

बलिङ तर्फ माहित शर्माले दुइ विकेट लिए । जीतपछि पंजाव १३ खेलबाट १४ अंक जोड्दै तालिकाको पांचौ स्थानमा छ । मुम्बइ १८ अकंका सथ शीर्ष स्थानमा उयाथव छ । आइपिएलमा आज दिल्ली डेयर डेभिल्स र राइजिङ पुणे सुपर जाइन्टस बीच खेल हुनेछ ।

Comments:

comments

Latest News