इन्डियन प्रिमियर लिग, मुम्बइ इन्डियन्ससंग पाच विकेटले हारेको बैङलोर प्लेअफ बाहिर

इन्डियन प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा मुम्बइ इन्डियन्सले रोयल च्यालेञ्र्स बैङलोरलाई पाच विकेटले हराएको छ । हारसंगै बैङलोर प्रतियोगिताको प्लेअफको होडबाट बाहिरीएको छ ।

मुम्बइमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बैङलोरले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ६२ रन बनायो । उसका लागि एवी डिभिलिर्सले ४३ तथा पवन नेगीले ३५ रनको योगदान गरे । यस्तै केदार जादवले २८ र कप्तान विराट कोहलीले २० रन बनाए ।

जवाफमा खराव सुरुवात गरेको मुम्बइले १९ ओभर पाच बलमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको मुम्बइको जितमा कप्तान रोहित शर्माले कप्तानी पारी खेले । चौथो नम्वरमा ब्याटिङमा आएका रोहितले अविजीत ५६ रन बनाए । यस्तै जोस बटलरले ३३ र नितिश रानाले २७ रनको योगदान गरे । जितसंगै मुम्बइ १६ अंक बनाउदै लिगको शिर्ष स्थानमा उक्लिएको छ । भने पुछारबाट दोस्रो स्थानमा रहेको बैङलोरको मात्र पाच अंक छ । अहिलेसम्म उसले दुई खेलमात्र जित्न सकेको छ ।

Comments:

comments

Latest News