आइपिएल, पुणे प्लेअफमा, पञ्जाव बाहिर

इन्डियन प्रिमियर लिगमा किङस इलावेन पञ्जावलाई नौ विकेटले हराउदै राइजिङ पुणे प्लेअफमा प्रवेश गरेको छ ।

पुणेको घरेलु मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पञ्जाव मात्र ७३ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा अक्सर पटेलले २२ रन बनाउदा रिद्धमान शाहले १३ रन बनाए । खाता खोल्न नपाउदै पहिलो विकेट गुमाएको पञ्जावले ३२ रन हुदा पाच विकेट खेर फालेको थियो । अन्तत ७३ रनमा अलआउत भयो ।

जवाफमा पुणेले १२ ओभरमा मात्र एक विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका लागि अजिन्क्या राहाणेले ३४ र राहुल त्रिपाठीलेस २८ रन बनाए । यस्तै कप्तान स्थिभ स्मिथले १५ रन जोडे ।

Comments:

comments

Tags

Latest News