ममताको दोस्रो पारी

राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व उप कप्तान तथा विकेट किपर ममता थापा विवाह बन्धनमा बाधिएकी छिन् ।

बाके नेपालगञ्जकी ममताले आफनै जिल्लाका सूर्य खड्कासंग आइतबार विवाह गरेकी हुन् । महिलो क्रिकेटको पहिलो पुस्ताकी खेलाडी ममताले २००७ देखि आफनै करियर सुरु गरेकी थिइन । हङकङमा भएको महिला विश्वकप क्रिकेट एशिया क्षेत्र छनोटका दौरान टिमबाट बाहिर भएकी ममता कुनै बेला भरपर्दाे खेलाडी थिइन ।

पछिल्लो पटक नेपालगञ्जमा नै स्थानिय स्तरको टेलिभिजनमा सञ्चारकर्मीका रुपमा क्रियासिल ममताले केहि म्युजिक भिडियोमा पनि अभियन गरेकी थिइन । राष्ट्रिय टिममा नपरेपनि ममता अहिले पनि उनी मध्यपश्चिम क्रिकेट टोलीको कप्तानका रुपमा सक्रिय छिन् ।

Comments:

comments

Latest News