मारवाडी क्रिकेटको सेमिफाइनल समिकरण पुरा

देभिवास इभेन्ट्सको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने टोलीहरुको टुंगो लागेको छ।

समुह ‘ए’ अन्तर्गत दिनको अन्तिम खेलमा आइ-स्टोर वारियार्सले साजनगोठ च्याम्प्सलाई ३९ रनले पराजित गर्दै समुह उपविजेताको रुपमा अर्को चरण प्रवेश गर्यो। समान २ खेल जितेको राइडर्स भने राम्रो रनरेटका कारण शीर्षस्थानमा रहन सफल भयो। राइडर्सले दिनको खेलमा आइ-स्टोरसंग हार व्येहोरेपनि अघिल्लो दिनको २ जितले शीर्षस्थानमा रह्यो।

समूह ‘बि’मा भने प्रतियोगितामा अपराजित रहेको कोचर रेन्जर्स समूह विजेताको रुपमा अर्को चरण प्रवेश गर्यो। कोचरसंग ५ विकेटको हार व्येहोरेको टिप-टप पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल शनिबार टि.यु मैदानमा हुनेछ।

Comments:

comments

Latest News