मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिताको उपाधि टिपटपलाई

देभिवास इभेन्ट्सको आयोजनामा भएको मारवाडी सुपर ८ क्रिकेट प्रतियोगिताको उपाधि टिपटपले जितेको छ। फाइनल खेलमा आइस्टोरलाई १५ रनले पराजित गर्दै टिपटपले उपाधि जितेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमाभएको खेलमा पहिलो ब्याटिङ गरेको टिपटपले ७ ओभरमा १ विकेट गुमाउँदै ८८ रन बनाएको थियो भने जवाफी ब्याटिङमा उत्रिएको आइस्टोरले ५ विकेटको नोक्सानीमा ७३ रनमात्र बनाउन सक्यो।

शनिबार बिहान भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै टिपटप र आइस्टोर फाइनलमा पुगेका थिए। टिपटपले राइडर्सलाई १४ रनले पराजित गरेको थियो भने आइस्टोर कोचर रेन्जर्ससँग ४ रनले विजयी रहेको थियो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी टिपटपका आशु कन्डोई भए भने उत्कृष्ट ब्याट्सम्यन टिपटपकै अमोल शर्मा भए। राइडर्सका विक्की सिन्जेलले उत्कृष्ट बलरको उपाधि हात पारे।

Comments:

comments

Latest News