राइजिङ पुणे सुपरजाइन्ट इन्डियन प्रिमियर लिगको फाइनलमा, मुम्बई इन्डियन्स २० रनले पराजित

मुम्बई इन्डियन्सलाई २० रनले हराउदै राइजिङ पुणे सुपरजाइन्ट इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

मुम्बइको बाङखडे क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुणेले २० ओभरमा चार विकेट गुमाउदै एक सय ६२ रन बनायो । पुणेका लागि अजिन्क्या राहाणेले ५६ तथा मनोज तिवारीले ५८ तथा महेन्द्रसिंह धोनीले ४० रन बनाए । ६ रनमा पहिलो विकेट गुमाएको पुणेले नौ रनमा दोस्रो विकेट खेर फालेको थियो । तर तेस्रो विकेटका लागि राहाणे र तिवारीले ८० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए ।

जवाफमा मुम्बइले २० ओभरमा नौ विकेट गुमाउदा एक सय ४२ रनमा रोकियो । मुम्बइका लागि पार्थिभ पटेलले ५२ रन बनाएपनि बाकि खेलाडीले खासै राम्रो खेल्न सकेनन । ३५ रनमा पहिलो विकेट गुमाएको मुम्बइले ५१ रन बनाउदा चार विकेट खेर फालेको थियो । त्यसपछि लगातार रुपमा विकेट गुमाएको मुम्बइ सस्तैमा रोकियो । मुम्बइलाई कम स्कोरमा रोक्न वासिङटन सुन्दर र सरदुल ठाकुरले तीन तीन विकेट लिए । अब मुम्बइले फाइनल प्रवेशका लागि सनराइजर्स र कोलकाता विचको इलिमिनेटरको विजेतासंग खेल्नेछ । यो खेल आज हुनेछ ।

Comments:

comments

Latest News

This Day In History

No Events