देशकै सर्वाधिक राशिको क्रिकेट हुदै, विजेताले २० लाख पाउने

नेपाल सरकारले आयोजना गर्न लागेको प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको विजेताले २० लाख पुरस्कार पाउने भएको छ । यो घरेलु क्रिकेटमा अहिले सम्म्कै सर्वाधिक पुरस्कार रकम हो ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा जेठ नौ देखी २४ सम्म हुने पहिलो संस्करणको प्रधानमन्त्री कपको कुल पुरस्का राशी एक करोड दश लाख रहेको छ । यसअघि धनगढी प्रिमियर लिग देशकै सर्वाधिक पुरस्कार भएको प्रतियोगिता रहेको थियो । जसको विजेताले १५ लाख प्राप्त गरेको थियो । घरेलु क्रिकेटमा टवान्टी टवान्टी फरम्याटको क्रिकेट भइरहेपनि एकदिवशिय फरम्याटको क्रिकेट तीन वर्ष पछि हुन लागेको हो ।

प्रतियागितामा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल सहित पांच विकास क्षेत्रको सहभागिता रहनेछ । आठ टिमलाइ दुइ समुहमा विभाजन गरेर लिग कम नक आउटका आधारमा प्रतियोगिता खेलाइनेछ । यो प्रतियोगिता बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अक्टोबरमा हुने हङकङ विरुद्धको खेलका लागि खेलाडी छनौटको आधार पनि हुनेछ ।

प्रतियोगिताको उपविजेता दश लाख र दुइ सेमीफाइनालिस्टले ५० –५० हजार पुरस्कार पाउनेछन । यस्तै प्रत्येक टिमलाइ लिगमा जीत हात पारे वापत बोनस रकम २५ हजार प्रदान गरिनेछन । प्रतियोगिता ब्यबस्थापनको जिम्मा ज्ञानेन्द्र मल्लको काठमान्डौं क्रिकेट सेन्टरले लिएको छ । क्षेत्रलाइ टिम तयारीका लागि ५० हजार उपलब्ध गराएको परिषको भनँइ छ । परिषदले महिलाको प्रधानमन्त्री कप केही समय अघि सम्पन्न गरेको थियो । आउदो वर्ष देखी दुवैमा पुरस्कार राशीमा वृद्धि गर्ने र उपयुक्त समयमानै प्रतियोगिता संचालन गर्ने परिषदले बताएको छ । आजै प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ ।

Comments:

comments

Latest News