श्रीलंकन टिम नेपालमा आएर खेल्ने प्रतियोगिता आखिर किन भयो स्थगित

विश्व चर्चित श्रीलंक क्रिकेट खेलाडी नेपालको किर्तीपुर मैदानमा खेल्ने समाचार चौतर्पिm चर्चा पाए । विश्वका उत्कृष्ट खेलाडी सनथ जयशुर्या उपल थरङगा, चामिन्दा भास, रंगना हेराथ जस्ता खेलाडीले नेपाली क्रिकेट टिमसंग खेल्ने भनेर समाचार बाहिर आएपछि क्रिकेट समर्थक निकै आतुर थिए । नेपाल र श्रीलंका विचको दौत्यसम्बन्धको ६० औ बर्षगाठको अवसरमा पेरीविंकस सर्भिस कम्पनीले गर्न लागेको तीन खेलको श्रृखलाको मिती नजिकिदै जादा एकाएक सुरक्षाको कारणले स्थगित भएको समाचार बाहिर आयो । जसका कारण उत्साहित बनेका समर्थक निराश भए भने नेपाली खेलाडी पनि विश्व चर्चित खेलाडीसंग खेल्ने मौका गुमाउन पुगे ।

आखिर किन स्थगित भयो श्रृखंला

जतिबेला पेरीविंकस सर्भिस कम्पनीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको घोषणा गर्यो त्यो बारेमा राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयलाई थाहा नै थिएन रे । परिषदका एक पदाधिकारीले बताए अनुसार पत्रकार सम्मेलन गरेर खेलाडी नेपाल आएर खेल्ने समाचार दोस्रो दिनको पत्रपत्रिका मार्फत मात्र थाहा भएको थियो रे । श्रीलंकन खेलाडी आउने खवर न परिषदलाई जानकारी थियो न मन्त्रालयलाई ।

उनको भनाई मान्ने हो भने आयोजकले प्रक्रिया गत रुपमा जानकारी गराएर सरकारसंग सुरक्षाका लागि अनुरोध गरेको भए सायद स्थगित नहुन पनि सक्यो । तर त्यसो हुन सकेन । सो समाचार बाहिर आएपछि परिषदका सदस्य सचिव केशव विष्टले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटालाई टेलिफोन मार्फत जानकारीका बारेमा सोध्दा थाहा नभएको बताएको उनले खुलाए । जसका कारण सरकार पनि सुरक्षाका विषयमा सकारात्मक नभएको उनको भनाई छ ।

यतिमात्र होइन यसका अन्य पक्षपनि रहेका छन । चाहे त्यो टिकट मुल्यको होस या प्रायोजकको, जसका कारण आयोजकले इच्छा गरेको ठुलो प्रतियोगिता हुन सकेन । यसको घाटा आयोजकलाई मात्र होइन नेपाली क्रिकेट समर्थकलाई पनि भएको छ । यदि सरकारले सुरक्षाका विषयमा चासो दिएको भए र आयोजकले प्रतियोगिताका बारेमा सरकारलाई जानकारी गराएको भए सायद किर्तीपुर मैदानमा फेरी एक पटक दर्शकको भिड देखिन पाइन्थ्यो । तर त्यसो हुन सकेन ।

Comments:

comments

Latest News