पाकिस्तान विरुद्ध वेष्ट इन्डिज एक सय ६ रनले विजयी, श्रृखलामा एक एकको बराबरी

पाकिस्तान विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा वेष्ट इन्डिज एक सय ६ रनले विजयी भएको छ । जितसंगै वेष्ट इन्डिजले तीन खेलको श्रृखलामा एक एकको बराबरी गरेको छ ।

पहिलो टेष्ट गुमाएको वेष्ट इन्डिजले दोस्रो टेष्टमा टस जितेर पहिलो पारीमा तीन सय १२ रन बनायो । उसका लागि रोस्टोन चेजले एक सय ३१ तथा जेसोन होल्डरले ५८ रन बनायो । बलिङ तर्फ पाकिस्तानका मोहम्मद अब्बासले चार तथा मोहम्मद आमिरले तीन विकेट लिए ।

जवाफमा पाकिस्तानले पहिलो पारीमा तीन सय ९३ रन बनायो । उसका लागि अजहर अलीले एक सय पाच तथा कप्तान मिस्वा उल हकले ९९ रन बनाए । यस्तै अहमेद सहजादले ७० रन थपे । वेष्ट इन्डिजका लागि सानोन गार्बियलले चार तथा जेसोन होल्डर र देवेन्द्र विश्वले तीन तीन विकेट लिए ।

पहिलो पारीमा ८१ रनले पछि परेको वेष्ट इन्डिज दोस्रो पारीमा दुई सय ६८ रनमा अलआउट भयो । उसका लागि सेइ होपले ९० तथा क्रेग ब्रेथवेटले ४३ रन बनाए । पाकिस्तानका लागि यासिर खानले सात विकेट लिए । जसका कारण वेष्ट इन्डिजले एक सय ८८ रनको लक्ष्य पायो ।

तर पाकिस्तान ३४ ओभर चार बलमा मात्र ८१ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सरफ्राज अहमदले सर्वाधिक २३ रन बनाए । पाकिस्तानको पारीलाई धोष्त बनाउन सानोन गार्वियलले पाच तथा जेसोन होल्डरले तीन विकेट लिए ।

Comments:

comments

Latest News