अत्तरीया कपको सेमीफाईनल समिकरण पुरा, कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा

कैलालीमा जारी अत्तरीया कपको सेमीफाईनल समिकरण पुरा भएको छ । वारा क्रिकेट एकेडेमीलाई हराउदै कैलाली जिल्ला क्रिकेट एकेडेमी अन्तिम चारमा प्रवेश गरेसगै सेमिफाईनल समिकरण पुरा भएको हो ।

समुह वी बाट कैलाली टिम सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेपछि सेमिफाइनलमा पुग्ने चार वटै टिमको टुङगो लागेको हो । आज भएको खेलमा दुबै टिमलाई अन्तिम चारमा पुग्न जित्नै पर्ने दबाव थियो । जसमा घरेलु टिम कैलालीले वारामाथि ८ विकेटको सानदार जित दर्ता गरेको हो । अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा टस जितेर पहिले व्याटिङ गर्दै वारा क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा ६७ रनको सामान्य योगफल मात्रै वनाउन सक्यो । जसमा व्याटवाट ५० र अतिरिक्तवाट १७ रन वनेको थियो ।

वाराका लागि सरस्वती पुनले १९ र ममता चौलागाईले १० रन वनाईन । अरु खेलाडीहरुले दोहोरो रन स्कोर वनाउन सकेनन् । कैलालीका लागि सुमन विष्टले २ विकेट लिईन् । ६८ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले मन्जु विष्टको ३३ रन र कविता कुवरको २२ रनको मद्दतले १२ ओभरमा दुई विकेट क्षतीमा पुरा गरयो । वाराकी सामना पुनले एक विकेट लिईन । भोली हुने पहिलो सेमिफाईनलमा समुह ए को विजेता सशस्त्रले समुह वी को उपविजेता कैलालीसंग खेल्नेछ । यस्तै समुह वी को विजेता राईजिङ क्रिकेट वुमनले सम्ुह ए को उपविजेता मिलन क्रिकेट एकेडेमी झापासग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

Comments:

comments

Latest News