अत्तरीया कप महिला क्रिकेट, राईजिङले कैलालीलाई १७ रनले हरायो

कैलालीमा जारी अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको दोस्रो दिन राईजिग महिला क्रिकेट टिम काठमाडौ विजयी भएको छ । अत्तरीया स्थित सशस्त्रको खेल मैदानमा भएको पहिलो खेलमा राईजिङले कैलाली जिल्ला क्रिकेट एकेडेमीको टोलीलाई १७ रनले हरायो ।

टस जितेर पहिले व्याटिङ गरेको राईजिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै एक सय ३७ रन वनायो । विदेशी खेलाडी समेत समावेश गरेको राईजिङकालागि वंगलादेशी खेलाडी सहनाज प्रविन र भारतीय खेलाडीद्धय पुजा निमा भाट र लक्ष्मी चौधरीले राम्रो प्रदर्शन गरे । सहनाजले २० रन वनाइन भने पुजाले १९ र लक्ष्मीले २० रनको योगदान गरिन् ।

कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि चादनी शाहले २ विकेट लिईन् । एक सय ३८ रनको लक्ष्य पक्ष्याएको कैलाली जिल्ला क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदा एक सय २० रन मात्रै वनाउन सक्यो । उसका लागि लागि नितु भण्डारीले ३५, मन्जु भण्डारीले २० र कविता कुवरले १७ रन वनाईन । राईजिग क्रिकेटका लागि अस्मीता कर्माचार्यले ३ विकेट लिईन ।

Comments:

comments

Latest News