PM Bhattarai sends his message to Nepal Cricket Team

Kathmandu/Cricnepal: Prime Minister Baburam Bhattarai on Tuesday issued a press release and congratulated Nepal National Cricket Team for winning the ICC World Cricket League Division 4 Tournament. Bhattarai also said that the government will value their win and reward accordingly.

Below is the statement issued by Bhattarai:

नेपालको खेलकूद इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो र गौरवपूर्ण उपलब्धि हासिल गरी समूह तीनमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरूलाई नेपाल सरकारको तर्फबाट र मेरो आफ्नै तर्फबाट हार्दिक बधाइ दिन चाहन्छु। खेलकूदको माध्यमबाट नेपाल र नेपालीको शीर उंचो राख्न तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन क्रिकेट खेलको माध्यमबाट तपाईहरूले पुर्‍याउनु भएको योगदानको उच्च प्रशंसा गर्दै तपाइंहरूले प्राप्त गर्नु भएको सफलताले नेपाली युवालाई लगनशीलता, अनुशासन र निष्ठापूर्वक काममा सामूहिक भावनाकासाथ लागेमा नेपालीहरू विश्व प्रतिष्पर्धामा खरो उत्रिन र ठूलाठूला सफलता प्राप्त गर्न सक्छन् भन्ने सन्देश दिएको छ। यस खेलमा योगदान दिने प्रशिक्षक लगायत सम्पूर्ण टोलीलाई हार्दिक धन्यवाद दिंदै र आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्दै तपाईंहरूको सफलताको नेपाल सरकारले उच्च मूल्याङ्कनका साथ कदर गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु।
२६ भाद्र, २०६९
(डा.बाबुराम भट्टराई)

cricnepal Staff
cricnepal Staffhttps://cricnepal.com
cricnepal Staff writes the news on National and International cricket.

Related

Latest

- Advertisement -
- Advertisement -

Latest

- Advertisement -